शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना, २३ जना घाइते

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१
National life
Shivam cement

भरतपुर- नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय मुग्लिनकी  प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए। उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन्। ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए।

प्रकाशित: Feb 09, 2025| 07:16 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्