शनिबार, माघ २६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खानेपानी मन्त्रालयमा आगलागी

 |  शनिबार, माघ २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ २६, २०८१

ntc landingntc landing

काठमाडौं- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

himalayan bank box

सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८:३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । 
 

प्रकाशित: Feb 08, 2025| 10:51 शनिबार, माघ २६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्