आइतबार, पुस ६, २०८२

बिहान चार बजे यात्रुवाहक इभी दुर्घटना, ३ जना गम्भीर घाइते

 |  शुक्रबार, माघ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २५, २०८१

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क नजिक झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

National life

उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बा १ ०३० च ९६४२ नम्बरको इभी शुक्रबार बिहान ४ बजे दुर्घटना भएको थियो। 

गाडी सडकबाट करिब चार सय मिटर तल खसेर क्षतविक्षत भएको प्रहरीले बताएको छ। गम्भीर घाइतेहरूलाई उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ।

घाइतेहरुको पहिचान खुलेको छैन। रातिको समय भएकाले चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। चालक पनि गम्भीर घाइते छन्।

प्रकाशित: Feb 07, 2025| 07:11 शुक्रबार, माघ २५, २०८१
प्रतिक्रिया दिनुहोस्