आइतबार, पुस ६, २०८२

रिहा भएपछि रविले भने- चितवनबाट परिवर्तन जन्मिएरै छाड्छ

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने प्रतिक्रिया दिएका छन्।

National life

बिहीबार साँझ चितवन जिल्ला अदालतबाट ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले चितवन देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताए।

‘हाम्रो चितवन भनेको देवभूमि हो। देवता बस्ने ठाउँ हो। देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो। त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु। अहिले कुम्भमेला चलेको छ भनिएको छ। हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ,’ उनले भने।

साथै, उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे। उनले भने, ‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ। अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन। देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो। यो देशव्यापी हुन्छ। परिवर्तन जन्मने बेलाको पीडा हो। परिवर्तन जन्मिएरै छाड्छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासले उनलाई ५४ ला रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 06, 2025| 18:40 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्