शनिबार, जेठ ३०, २०८३

भारतीय नागरिकलाई ठेक्का दिलाउन ३ करोड घुस 

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

अख्तियारले बिहीबार पौडेलसहित घुस दिने भारतीय नागरिक दीपक आनन्द विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

पौडेल कार्यकारी निर्देशक हुँदा भारतीय नागरिक आनन्दलाई ठेक्का दिलाउनका लागि ३ करोड ८ लाख ५० हजार ४ सय रूपैयाँ घुस लिएको भन्दै उक्त रकम घुस लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। 

केन्द्रलाई आवश्यक पर्ने सेक्युरिटी एप्लायन्स तथा नेटवर्क खरिद तथा जडानको ठेक्कामा भारतीय नागरिक आनन्दसँगको आपसी मिलेमतोमा घुस लिएर ठेक्का दिलाएको अभियोगपत्रमा उल्लेख छ।

पौडेलले शुरू चरणको खरिद प्रकृया अन्तर्गत पूर्व निर्धारित दररेटमा लागत अनुमान तयार गरेको, दीपक आनन्दबाट ३ वटा कम्पनीहरूको कोटेसन प्राप्त गरेको देखाएर पौडेल आफैंले लागत अनुमान स्वीकृत गरेको अभियोगपत्रमा उल्लेख छ।

Shivam cement

दीपक आनन्दको उपस्थितिमा एक मात्र बोलपत्रदाताका रूपमा प्रस्ताव पेस गराई लागत अनुमान भन्दा १ प्रतिशत घटी कबोल अंक प्रस्ताव गराएको अभियोगपत्रमा उल्लेख छ।

पौडेल आफैं मूल्यांकन समितिको संयोजक भई कबोल अंकलाई स्वीकृत गराई आशय पत्र जारी गरी ठेक्का सम्झौतामा समेत राष्ट्रिय सूचना प्रविधि केन्द्रको तर्फबाट दस्तखत गरी सम्झौता गरेको अभियोगपत्रमा उल्लेख छ।

पूर्वयोजना बमोजिमकै कम्पनीहरूबाट सामाग्री आपूर्ति गरी वास्तविक मूल्य अमेरिकी डलर ६ लाख ७६ हजार रहेको खरिद ठेक्कामा सुनिल पौडेललाई २८ हजार अमेरिकन डलर घुस दिएको अभियोगपत्रमा उल्लेख छ।
 

प्रकाशित: Feb 06, 2025| 18:09 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्