आइतबार, पुस ६, २०८२

रवि लामिछानेलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष ? आदेश आउँदै

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएको छ।

National life

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा साहारा चितवन सहकारी ठगी मुद्दाको थुनछेक बहस सकिएको हो। सरकारी, जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस सकिएको छ।

न्यायाधीश ढकालले आजै रविलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश सुनाउनेछन्।

सहकारी ठगीकै मुद्दामा रवि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। तीन अदालतमा गरेर उनले सवा दुई करोड धरौटी बुझाइसकेका छन्।

प्रकाशित: Feb 06, 2025| 16:06 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्