आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु, आजै आदेशको सम्भावना

रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु, आजै आदेशको सम्भावना

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु भएको छ।

National life

चितवन जिल्ला अदालतमा भइरहेको बहसमा वादीको तर्फबाट बारा, पर्सा र धादिङका जिल्ला न्यायाधिवक्ताहरू (सरकारी वकिल)ले क्रमशः भाग लिनेछन्।

हिजो चितवनका जिल्ला न्यायाधिवक्ता र सहन्यायाधिवक्ता तथा जाहेरवालाका एकजना कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएका कारण हिजो अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो।
वादी र जाहेरवालाका वकिलहरूले बहस गरेपछि मुद्दामा प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

दुवै तर्फमा वकिलहरूको बहस सकिएपछि जिल्ला न्यायाधीश दयाराम ढकालले मुद्दाको अन्तिम फैसला नआउँदासम्म प्रतिवादीलाई थुनामा राख्न कारागार पठाउने, धरौटी लिएर तारेखमा छाड्ने या साधारण तारेखमा छाड्ने आदेश दिनेछन्।

लामिछानेविरुद्ध सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना सजाय हुनुपर्ने र साहारा सहकारीबाट गोर्खा मिडियामा गएको १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ रकम लामिछानेसहित चार जनाको सामूहिक दायित्वमा हुन आउने बिगोबाट असुल गर्न माग राखेर मुद्दा दायर भएको छ।

Laxmi sunrise bank
kumari

सहकारी ठगीकै मुद्दामा लामिछाने कास्की, काठमाडौं र रुपन्देही अदालतबाट धरौटीमा रिहा भएका छन्। तीन जिल्लामा गरी उनले सवा दुई करोड धरौटी बुझाइसकेका छन्।

प्रकाशित: Feb 06, 2025| 11:26 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्