मंगलबार, साउन २६, २०८३

२० वर्षपछि समातिए दाजुको हत्या आरोपी

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनले आफ्नै ४० वर्षीय दाइ गणेश रजकको १ माघ २०६१ मा हत्या गरेको आरोप छ। हत्यापछि २० वर्षसम्म उनी फरार हुँदै आएका थिए। पक्राउ परेका रजकविरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

 

प्रकाशित: Feb 05, 2025| 13:00 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्