शुक्रबार, माघ २, २०८२

माघ १५ देखि क्‍यान इन्फोटेक २०१९ हुने, जागिरको अवसर पनि  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- सूचना तथा सञ्‍चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्‍यावसायीहरुको छाता संगठन कम्‍प्युटर एशोसिएशन नेपाल ( क्‍यान) महासंघले यस पटक पनि क्‍यान इन्फोटेक २०१९ को माघ १५ देखि आयोजना गर्ने भएको छ।

महासंघले मंगलबार पत्रकार सम्‍मेलनको आयोजना गरी सूचना प्रविधिको क्षेत्रमा नयाँ खोज र अनुसन्धानलाई प्रदर्शनमा राखिने समेत जानकारी दिने क्‍यान महासंघका महासचिव रञ्‍जीत पोदारले बताए। 

उनले भने, 'क्‍यान इन्फोटेकमा अवलोकन गर्न आउनुहुने महानुभावहरुले यस पटक नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।साथै यस पटक शिक्षा, स्वास्थ्य, कृषि रपर्यटनको क्षेत्रमा  प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरेका छौ।'

उनले नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि समे प्रदर्शनमा राखिने बताए। 

यस्तै क्‍यान महासंघका उपाध्‍यक्ष सुनैना पाण्डे घिमिरेले यस पटक क्‍यान इन्फोटेकमा रोबोटलाई स्टेजमा उतार्ने तयारी भइरहेको जानकारी दिइन्। उनले भनिन्, ' हामी पनि प्रविधिमा पछाडि परेका छैनौ। हाम्रा विद्यार्थीहरुले रोबोट बनाएका छन्। उहाँहरुले साथ दिनु भएमा हामी यस पटकको क्‍यान इन्फोटेक मेला २०१९मा आउने अवलोकनकर्ताहरुलाई स्टेजमा रोबोटलाई उतार्ने तयारीमा छौ।'

उनले नेपाल कृषि प्रधान देश भएकाले नेपाली किसानका लागि उपयोगी हुने प्रविधिको समेत प्रदर्शनी गरिने बताइन्। साथै विरुवामा लाग्‍ने रोग, मेडिकल क्षेत्रमा उपयोग हुने प्रविधिको समेत प्रदर्शनीमा देखाउने तयारी भइरहेको बताइन्। 

यस्तै क्‍यान महासंघका अध्‍यक्षले यस पटकको क्‍यान इन्फोटेकमा ३ लाख भिजिटर पुर्‍याउने लक्ष्‍य रहेको बताए। उनले भने, ' हाम्रो लक्ष्‍य यस पटकको क्‍यान मेलामा ३ लाख भिजिटर पुर्‍याउने छ। हामीले क्‍यानको गुणस्तरमा पनि ध्‍यान दिएका छौ। साथै नयाँ प्रविधि, पहुँच र प्रवर्द्धनमा ध्‍यान राख्‍दै युवाहरुलाई जागिरको अवसर पनि दिने प्लेटफर्म बनाएका छौ।'

उनले क्‍यान मेलामा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन चाहने प्राविधिक विषयमा अध्‍ययनरत विद्यार्थीले मेलास्थलमै बायोडाटा  बुझाउने सक्ने व्‍यवस्था गरिएको बताए। उनका अनुसार क्‍यान महासंघले विद्यार्थीहरुको उक्त वायो डाटालाई आइटी कम्पनीहरुमा पठाइदिने र रोजगारीका लागि आवश्यक सहजीकरण समेत गरिदिनेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...