मंगलबार, साउन २६, २०८३

बागमतीमा डुबेर युवकको मृत्यु

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ।

रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको बागमती नदीमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव डुबेर बेपता भएका थिए।

यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए। उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो।

 

प्रकाशित: Feb 05, 2025| 12:58 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्