बुधबार, माघ २३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चितवनमा रवि लामिछानेको बयान सुरु, लगत्तै थुनछेक बहस हुने

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

ntc landingntc landing

चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन्।

himalayan bank box

आज बिहान उनी बयानका लागि हाजिर भएका हुन्। उनको बयान सुरु भएको छ र बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।

लामिछानेको बयान जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। लामिछानेविरुद्ध चितवनमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध ठगीसँगै संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएकोमा चितवनमा भने संगठित अपराधको मुद्दा छैन।

साहारा सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको अभियोगपत्रमा उल्लेख छ।

यसअघि रवि काठमाडौं, कास्की र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए।

प्रकाशित: Feb 05, 2025| 11:31 बुधबार, माघ २३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्