सोमबार, असार ८, २०८३

विश्वप्रकाशले भने- सामाजिक सञ्जाल विधेयक ठाडै अस्वीकार्य छ

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्।

National life

उनले सामाजिक सञ्जालमा भनेका छन्-

प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न
देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ

सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ।

यसबारे कांग्रेसका अर्का महामन्त्री गगन थापाको धारणा भने आएको छैन। यसअघि अर्को सरकारले यस्तै विधेयक ल्याउँदा दुवै महामन्त्रीले चर्को विरोध गरेका थिए।

Shivam cement

प्रकाशित: Jan 29, 2025| 19:50 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्