मंगलबार, पुस ८, २०८२

पाठेघरको क्यान्सरबाट जान्छ दैनिक चारजनाको ज्यान

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

काठमाडौं- नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ।

National life

नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरका कारण बर्सेनि २ हजार १ सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए। तीमध्ये ६१ प्रतिशत अर्थात् १ हजार ३ सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए।

ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन्। जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको छ। 

खोप अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार ९ सय ९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ। 

झापामा एचपीभी खोप अभियानका लागि ७ सय ५५ खोप केन्द्र, ७ सय ८१ जना स्वास्थ्यकर्मी र १ हजार ५ सय १५ जना स्वयंसेविका परिचालन हुनेछन्। ७ सय ५५ खोप केन्द्रमध्ये ५ सय ५७ विद्यालय १ सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन्।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो। 

गत आर्थिक वर्ष २०८०–०८१ मा सातवटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ। विश्वमा हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष ३ लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ।

प्रकाशित: Jan 29, 2025| 06:01 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्