सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काभ्रेको महाभारतमा डढेलो नियन्त्रणका लागि सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेको महाभारतमा डढेलो नियन्त्रणका लागि सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

 |  शुक्रबार, माघ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ११, २०८१

काभ्रेपलान्चोक- जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि शुरू भएको डढेलो नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। 

National life

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको आगोले अन्य वन क्षेत्रमा समेत जोखिम बढाएको छ। काभ्रेपलान्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ। आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। 

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन्। “हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,” उनले भने। 

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट आगलागी शुरू भएको हो। हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ। कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए। डढेलो नियन्त्रण सामग्री सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्वयमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। 

नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेका छन्। आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 24, 2025| 07:54 शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्