बुधबार, साउन २७, २०८३

सर्वोच्च अदालतभित्रै दुई न्यायाधीशको गोली हानी हत्या

 |  शनिबार, माघ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, माघ ५, २०८१

इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या भएको छ। शनिबार राजधानी तेहरानमा सर्वोच्च अदालतभित्रै न्यायाधीशको गोली हानी हत्या भएको हो।

हत्या गरिएका न्यायाधीशहरू मोहम्मद मोगीसेह र अली रजिनी रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। दुई न्यायाधीशहरूले जासुसी र आतंकवादका मुद्दा सम्हालेका थिए। राष्ट्रिय सुरक्षा र आतंकवादसँग जोडिएका मुद्दाहरू लामो समयदेखि तिनै न्यायाधीशहरूले हेर्दै आएका थिए।

शनिबार एक संदिग्धले अदालतभित्रै प्रवेश गरेर गोली हानी उनीहरूको हत्या गरेको थियो। न्यायाधीशको हत्यापछि उसले आफैंमाथि गोली चलाउँदा उसको पनि मृत्यु भएको छ। घटनामा न्यायाधीशका एक सुरक्षागार्ड घाइते भएका छन्।

गोली प्रहार भएको घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। न्यायाधीश अली रिजिनीमाथि यसअघि १९९९ मा पनि हत्याको प्रयास भएको थियो।

इरानको सरकारी टेलिभिजनले घटनामा इसराइल र संयुक्त राज्य अमेरिका समर्थित इरानी विपक्षीसँग सम्बन्धित व्यक्तिको संलग्नता हुन सक्ने बताएको छ।
 

प्रकाशित: Jan 18, 2025| 19:04 शनिबार, माघ ५, २०८१
प्रतिक्रिया दिनुहोस्