सोमबार, मंसिर २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले महानगरलाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

 |  शुक्रबार, माघ ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ४, २०८१

काठमाडौं- दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ। गत पुस २८ गतेको मूल्यांकनबमोजिम संस्थानले १ करोड २ लाख ८७ हजार ९ सय २६ रुपैयाँ सम्पत्ति कर महानगरलाई तिरेको हो।

National life

महानगर-२६ का सचिव केदार रिमालका अनुसार संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा/सम्पत्ति कर बुझाएको हो। 

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघि नै पत्राचार गरिसकेको छ।

महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ। जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा/सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए। 

प्रमुख अधिकारीले भने, 'पत्राचारपछि करदाताहरु सम्पर्कमा आउने क्रम सुरु भएको छ। यो सकारात्मक पक्ष हो। आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ।'

Laxmi sunrise bank
kumari

ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ।

समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था रहेको जनाइएको छ। रासस

प्रकाशित: Jan 17, 2025| 17:01 शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्