शनिबार, वैशाख २७, २०८२

यस्तो छ दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट

 |  बिहीबार, माघ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ३, २०८१

vianetvianet

काठमाडौं- कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ ।

triton college

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो । 

कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ । बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णयसमेत गरेको छ । 

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल सङ्घले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए।

प्रकाशित: Jan 16, 2025| 20:38 बिहीबार, माघ ३, २०८१
प्रतिक्रिया दिनुहोस्