बिहीबार, असोज २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ओली र देउवलाई बालेनको कटाक्ष- टुँडिखेल र खुलामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

ओली र देउवलाई बालेनको कटाक्ष- टुँडिखेल र खुलामञ्च पनि कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

 |  बुधबार, माघ २, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

vianetvianet

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

Kumaribank

उनले यो अध्यादेश कार्यकर्ता पोस्नका लागि ल्याइएको आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खोलामात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेको कार्यकर्ताहरूलाई।’

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । यसअघि उनले यो अध्यादेश अध्ययनका लागि भन्दै रोकेर राखेका थिए ।

पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित: Jan 15, 2025| 18:09 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्