शनिबार, पुस ५, २०८२

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पक्राउ

 |  बुधबार, माघ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २, २०८१

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

National life

बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले त्रिपाठीमाथि आक्रमण गरेका थिए। आक्रमणमा संलग्न एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। उनलाई साधारण तारेखमा छाड्ने, धरौटी माग्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आजै आदेश आउने सम्भावना छ।

रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।

प्रकाशित: Jan 15, 2025| 17:02 बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्