शुक्रबार, पुस ४, २०८२

कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमी खेती

 |  शनिबार, पुस १३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस १३, २०८१

बर्दिया- कृष्णसारको आहारा संकट टार्न बर्दियाको खैरापुरमा मौसमी खेती थालिएको छ। वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ।

National life

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए। संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ।

उनले भने, 'पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौँ। यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ।'

पहिलोपटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनःदोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ। वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोपहुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो। कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो।

कृष्णसारले  यस्तो दुबोको टुसा खान मनपराउने बताइएको छ। कृष्णसारलाई हिउँदमा आहारा संकट पर्ने गर्छ। गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संक्षणक्षेत्र कार्यालयको तथ्यांक छ।

Laxmi sunrise bank
kumari

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन्। यथेष्ट आर्थिक अभावकाबीच पनि संरक्षणमा चुनौती रहेको छ। हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।

बर्दियाको गुलरियास्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातिका कृष्णसारहरु। हिउँदे सुक्खायाममा घाँस नहुँदा कृष्णसारलाई चरीचरणको समस्या पर्छ। रासस

प्रकाशित: Dec 28, 2024| 18:31 शनिबार, पुस १३, २०८१
प्रतिक्रिया दिनुहोस्