आइतबार, पुस ६, २०८२

टिमुरका बिरुवा बेचेर वार्षिक दुई लाख आम्दानी

 |  मंगलबार, पुस २, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २, २०८१

दाङ- बङ्गलाचुली गाउँपालिका-४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ। टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए।

National life

परम्परागत रूपमा जंगलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पाँच वर्षअघिदेखि नर्सरीका रूपमा विकास गरिएको उनले बताए। यसका लागि सात लाख रूपैयाँ लगातमा जीआईजेडले ‘ग्रीन हाउस’ र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरेको थियो।

वन समूहले सुरुका वर्षहरूमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायत ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक १० लाख रूपैयाँसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढाले बताए।

वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिन वन समूहको १९८ दशमलव ३६ हेक्टरमा एक हजार टिमुरका बिरुवा रोपिको अध्यक्ष बुढाले बताए। रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने भन्दै अध्यक्ष बुढाले भने, 'वन समूहको विभिन्न क्षेत्रमा एक हजार बढी बिरुवा रोपेका छौँ, ती बिरुवा हुर्किएपछि उत्पादनसँगै फलबाट समेत वन समूहले आम्दानी लिने छ।' उत्पादन गरेको रकम वन समूहको खातामा राख्ने र बिरुवा उत्पादनलगायत विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ।

वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएको अध्यक्ष बुढाले बताए। वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक विरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौँ। उनका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष १० हजार बिरुवा मात्र बिक्री गरिएको बताए।

Laxmi sunrise bank
kumari

नर्सरीका रूपमा विकास भएपछि बङ्गलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई बिरुवा बिक्री गर्दै आम्दानी लिने गरेको उनले बताए। उनका अनुसार वन समूहका सदस्यलाई बिरुवा उत्पादनका लागि तालिमसँगै व्यावसायिक रूपमा बिरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यावसायिक रूपमा टिमुर उत्पादन थालेको हो। रासस

प्रकाशित: Dec 17, 2024| 20:31 मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्