बुधबार, जेठ २०, २०८३

महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१

काठमाडौं- यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा भेट्टाएको हो। पाकिस्तान टेस्ट मान्यता प्राप्त राष्ट्र हो।

National life

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध ६ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो। १ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य अन्तिम ओभर बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको थियो।


नेपालका लागि कप्तान पूजा महतोले ४७ रनको सानदार अविजित इनिङ्स खेल्दा उनलाई सिमना केसीले १२ रनको अविजित इनिङ्स खेल्दै साथ दिएकी थिइन्। पूजाले ४७ बल खेल्दै ३ चौका प्रहार गरिन्। सोनी पाख्रिनले १३ र साना प्रविनले १० रन बनाइन्।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन्। उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन्। त्यस्तै, महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडेकी थिइन्।

Shivam cement

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १–१ विकेट लिए।

प्रकाशित: Dec 16, 2024| 14:46 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्