बुधबार, जेठ २०, २०८३

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

दाङ- यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन्। दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन्। 

National life

घोराही उपमहानगरपालिका-१२ डाँडागाउँका सात जनाले  उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन्।

सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहकी अध्यक्ष पुष्पा चौधरीले बताइन्। 
 
सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन्। उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर १० हजार रुपैयाँ आम्दानी गरेको बताइन्। उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन्।  

सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताए। महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।रासस

Shivam cement

प्रकाशित: Dec 13, 2024| 20:01 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्