आइतबार, मंसिर २१, २०८२

मोटरसाइकल दुर्घटनामा कमेडियन महरासहित तीन जनाको मृत्यु

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१

कैलालीका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ। 

National life

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार, टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। 

गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका–११ का ३० वर्षीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। 

३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका हुन्। उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारमा परेपछि चर्चामा आएका थिए।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगीसँगै डिजिटल अडिसन दिएर १८० जनामा छनोट भएका थिए।

Laxmi sunrise bank
kumari

त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए। उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए।

हिक्मतले कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बिएडसम्म अध्ययन गरेका थिए।

गोदावरी पीङका सञ्चालन समेत रहेका उनी पछिल्लो समय कैलालीको गोदावरीमै अस्थायी रुपमा बसोबास गर्दै आएका थिए।

यसैगरी धनगढी उपमहानगरपालिका–१८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

प्रकाशित: Dec 11, 2024| 10:58 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्