सोमबार, मंसिर २९, २०८२

बोटबिरुवाको मुआब्जा तिर्दै फुकोट कर्णाली

 |  मंगलबार, मंसिर २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २५, २०८१

मान्म- कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा गर्न लागेको छ।

National life

जिल्ला प्रशासन कार्यालयबाट सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाभित्र पर्ने रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागिएको हो। प्रशासनले चरण-चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टी गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ। 

चारसय ८० मेगवाटको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि डुबान क्षेत्रमा पर्ने तथा अधिग्रहण गरिएका जग्गामा अवस्थित रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरणको तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

'फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१, २, ३ र ४ एवं रास्कोट नगरपालिका-६, ७, ८ र ९ तथा पचालझरना गाउँपालिका-१, २, ८ र ९ भित्र आयोजनाले अधिग्रहण गरेको जग्गामा रहेका ठाउँमा रूखबिरुवा तथा फलफूलका बोटबिरुवाहरुको मुआब्जा दिने प्रक्रिया सुरु भएको छ', उनले भने, 'जिल्ला क्षतिपूर्ति निर्धारण समितिबाट क्षतिपूर्ति निर्णय भएबमोजिम जग्गाधनीहरुलाई मुआब्जा दिने प्रक्रिया सुरु भएको छ।'

जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाका तीनसय १३ जग्गाधनीले रूखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा पाउने फुकोट कर्णाली जलविद्युत आयोजनाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

आयोजनाले अधिग्रहण गरेका जग्गामा रहेका ठाउँमा रूख, बिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जाका लागि करिब दुई करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको आयोजना प्रमुख डम्मर उप्रेतीले बताए। 'अहिले हामीले मुआब्जाका लागि निवेदन संकलन गर्ने काम गरिरहेका छौँ', उनले भने, 'यही मङ्सिर २७ गतेदेखि परेका निवेदनमा छलफल गरेर मुआब्जा वितरणको काम हुन्छ।'

मुआब्जा वितरणको काम चार वर्षदेखि भइरहेको र अधिकांश जग्गाको मुआब्जा वितरण सकिएको आयोजना प्रमुख उप्रेतीले जानकारी दिए। 'फुकोट हाइड्रोले सिस्नेगडा ड्याम साइडदेखि डुबान क्षेत्र भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जाका लागि लागत अनुमान ५५ करोड रूपैयाँमध्ये हालसम्म ५० करोड रूपैयाँ रकम वितरण भइसकेको छ', उनले भने, 'अधिग्रहण गरिएको जग्गाको धेरैजसो वितरण भइसक्यो।'

घरटहराका लागि विनियोजित १३ करोड रूपैयाँ रकम रहेको आयोजनाले जनाएको छ। रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र केही खाडाचक्र नगरपालिकाको केही भूभाग प्रभावित हुनेछ।

आयोजनाको ६ किमी मुख्य टनेलमार्फत पावर हाउसमा पानी खसालिनेछ। आयोजनाबाट वार्षिक दुई हजार चारसय ५५ गिगावाट आवर ऊर्जा उत्पादन गरिने लक्ष्य रहेको आयोजनाले जनाएको छ। रासस

प्रकाशित: Dec 10, 2024| 18:31 मंगलबार, मंसिर २५, २०८१
प्रतिक्रिया दिनुहोस्