बुधबार, जेठ २०, २०८३

कृष्णभीरमा बुलेट दुर्घटना, ग्यास चुहिने डर

 |  आइतबार, मंसिर २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २३, २०८१
National life
Shivam cement

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Dec 08, 2024| 11:55 आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्