बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ग्रामीण भेगका विकास निर्माणमा महिला सहभागिता बढ्दो

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

ntc landingntc landing
himalayan bank box

दैलेख- चुलोचौकामा मात्र सीमित यहाँका ग्रामीण भेगका महिला आजभोलि विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन्। 
    
गाउँमा महिलामात्र रहने हुँदा विकास निर्माणमा महिला सहभागिता बढी देखिएको स्थानीयवासीको भनाइ छ। ‘पराइघर जाने भनेर छोरीलाई पहिले पढाउने चलन थिएन। औँलामा गन्न सकिने छात्रा मात्र विद्यालयमा भेटिन्थे। अहिले छात्रभन्दा छात्राको सङ्ख्या बढी छ। गोष्ठी, सभा, सेमिनारमा महिला नै भेटिन्छन्’, भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले भने।  उनले गाउँपालिकाले छोरी बचत खाता सञ्चालन गरेको र २० वर्षसम्म रु एक हजार र प्रदेश सरकारले पाँच सय खातामा जम्मा गरिदिने गरेको जानकारी दिनुभयो। दैलेखमा विसं २०७८ को जनगणनाअनुसार महिला साक्षरता ६८ दशमलव ७ प्रतिशत छ। 
    
गाउँका पुरुष पनि विकास निर्माण र सामाजिक काममा त्यति अग्रसर नहुने भएकाले महिला नै अग्रसर हुनुपरेको ठाटीकाँध गाउँपालिका–२ की राजेश्वरी विकले बताए। प्रधानमन्त्री रोजगार कार्यक्रम, कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रमबाट सञ्चालित विकास निर्माणलगायतमा महिला सहभागिता बढी भएको सोही गाउँपालिका–५ की छत्रकला शाहीले बताए। गाउँघरका धारा, पधेँरा, सडक, खानेपानी, विद्युत्, भवन निर्माणमा पनि महिलाको विशेष सहभागिता रहेको भगवतीमाई गाउँपालिका–१ की धनाकुमारी विकले जानकारी दिए। 
    
पछिल्लो समय खानेपानी दिगोपनाका लागिसमेत महिला सक्रियता बढेको छ। केही महिना अगाडि भगवतीमाई गाउँपालिकामा सम्पन्न नौदिने खानेपानी योजना दिगो सञ्चालन तथा मर्मतसम्भार तालिममा पुरुषभन्दा महिला सहभागिता बढी देखिएको भगवतीमाई गाउँपालिकाकी उपाध्याक्ष मिनाकुमारी खड्काले जानकारी दिए।  
    
महिलालाई स्थानीय तहहरुले ‘प्लम्बर’ तालिम सञ्चालन गरेका छन्। खानेपानी योजनामा महिलाले प्लम्बरको काम गरिरहेका छन्। महिलाको सक्रियताले स्वरोजगार बन्नसमेत सहयोग पुगेको भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशकुमार थापाले बताए। 

प्रकाशित: Dec 05, 2024| 21:31 बिहीबार, मंसिर २०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्