आइतबार, असोज ११, २०८३

एक करोड लगानीमा बाख्रा पाल्दै प्रेम

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

बागलुङ- केही वर्षअघिसम्म काठेखोला गाउँपालिका- ५ कर्लिममा १८० घर थिए। बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ। अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ।

यहाँका अधिकांश मानिस रोजागरीका लागि जापान गएका छन् भने बसाइँ सरेर चितवन पुगेका छन्। चौध वर्ष जापानमा काम गरेका एक युवक भने हाल गाउँमा बाख्रापालनमा व्यस्त छन्।

काठेखोला- ५ कर्लिमका ४८ वर्षीय प्रेम कँडेलले ठूलाघरे बाख्रा फार्म खोलेर तीन सय ५० बाख्रा पालेका छन्। उनले २०७९ साउनदेखि ८३ बाख्राबाट राखेर बाख्रापालन सुरु गरेका हुन्।

फार्ममा रु एक करोड ३५ लाख लगानी गर्रेका उनले त्यसका लागि एक हजार चार सय रोपनी बाँझो जग्गालाई प्रयोग गरेका छन्। उनको बाख्रा फार्ममा ८० वटा बोका बिक्रीयोग्य छन्।

प्रकाशित: Dec 05, 2024| 12:01 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्