बुधबार, जेठ २०, २०८३

तनहुँ बागेश्वरी सडक १० दिन बन्द रहने

 |  बिहीबार, मंसिर २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २०, २०८१

तनहुँ- तनहुँको व्यास नगरपालिका–११ स्थित बागेश्वरी सडक दश दिन बन्द गरिने भएको छ। उक्त मार्गको बरभञ्ज्याङदेखि पड्केपसल खण्डमा बक्स कल्भर्ट निर्माण सुरु गरिएकाले दश दिन बन्द गरिएको हो।

National life

बुधबारदेखि दश दिनका लागि उक्त खण्डमा सवारीसाधन आवतजावत रोक लगाइएको बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिए।

उक्त मोटरमार्गको घाँसीकुवादेखि बरभञ्ज्याङसम्म भने सवारीसाधन सञ्चालन गर्न सकिनेछ। उक्त खण्डमा कालोपत्र समेत गर्न लागिएको छ।

बाटो खुलेको ३१ वर्षपछि सडक कालोपत्र सुरु गरिएको हो। सङ्घीय सरकारबाट रु चार करोड बजेट विनियोजन भएपछि सडकको कालोपत्रलगायत स्तरोन्नतिको काम सुरु गरिएको भट्टराईले बताए। व्यास नगरपालिका–११ देखि भानु नगरपालिका–६ जोड्ने खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए।

पहिलो चरणमा व्यास नगरपालिका–११ शेरादेखि ढुङ्गाखानीसम्म करिब एक किलोमिटर खण्ड कालोपत्र हुनेछ। जसअनुसार पाँच दशमलव पाँचदेखि सात दशमलव पाँच मिटरसम्म चौडाइ र नाला निर्माण गरिने जनाइएको छ।

Shivam cement

हालसम्म आठ सय ५० मिटर सडक कालोपत्र भइसकेको छ। अध्यक्ष भट्टराईले भने, ‘सडक खुलेको ३१ वर्षपछि यसको स्तरोन्नतिको काम भइरहेको छ। सडक कालोपत्रसँगै यस भेगका जनतालाई आवतजावतमा सहज हुनेछ।’

प्रकाशित: Dec 05, 2024| 08:42 बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्