बुधबार, जेठ २०, २०८३

कीर्तिपुरमा कांग्रेसले बढायो मतान्तर

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले प्रतिस्पर्धीसँग मतान्तर बढाएका छन्।

National life

आज दिउँसो पाँच वटा वडाको मतगणना सकिँदा कांग्रेसका डंगोलले मतान्तर बढाएका हुन्। उनले अहिलेसम्म २९३० मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मत पाएका छन्। उनीहरूबीच ५७२ को मतान्तर छ। नेकपा (माओवादी केन्द्र) भने तेस्रो स्थानमा छ। माओवादी उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन्।

उनले एमालेका उम्मेदवार मानन्धरसँग मतान्तर घटाउँदै लगेका छन्। उनीहरूबीच २५७ मतान्तर छ। चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन छन्। उनले १११३ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ ल्याउँदा कविकुमार महर्जनले ७०८ मत ल्याएका छन्।

Shivam cement

कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को गरी ११ हजार ३४९ मतगणना सकिएको छ। अब पाँच वटा वडाको मत गणना गर्न बाँकी छ।

वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ मा इच्छाकुमार महर्जन विजयी भए भने वडा नम्बर ४ मा पनि कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका हुन्।

प्रकाशित: Dec 02, 2024| 16:12 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्