शनिबार, कात्तिक २९, २०८२

काठमाडौंलाई हराउँदै एनपिएलमा चितवनको विजयी सुरुवात

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

National life

काठमाडौँले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो। चितवनका सन्तोष कार्कीले २८ रन बनाउँदा लुक बेन्केनस्टाइनले २२ तथा हसन इसाखिलले १२ रन जोडे। काठमाडौँका लागि शाहब आलमले तीन विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्रै बनाउन सक्यो। पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडौंका ब्याटर चल्न सकेनन्। उनी एक्लैले पाँच विकेट लिए।

काठमाडौंका लागि सबैभन्दा धेरै सुमित महर्जनले २९ रन बनाए। माइकल लेभिटले २५, डान डौथवेट १९ र शंकर रानाले १६ रन जोडेका थिए।
 

प्रकाशित: Dec 02, 2024| 12:30 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्