आइतबार, कात्तिक ३०, २०८२

यस्तो छ आजको राशिफल [२०८१ मंसिर २ गते]

 |  आइतबार, मंसिर २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आजका योजना दीर्घकालीन बन्नेछन्। स्वास्थ्यको पर्खाइमा भए लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारलाई समय दिन नसक्दा तनाव हुनेछ। 

National life

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। परोपकार गर्ने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको कुरा बिक्नेछ। परिवारको साथ मिल्नेछ। ठुलो कामको सुरुवात गर्दा संयुक्त लगानीमा गर्नु उचित हुनेछ। एकल लगानीबाट घाटा हुने जोखिम देखिन्छ। 

मिथुन : सञ्चित धन खर्च हुनेछ। आफ्ना भनेका साथी विपक्षी कित्तामा पुगेकाले महत्त्वपूर्ण निर्णयमा अवरोध हुनेछ। छिमेकीले गरेका शुभकार्यमा सहभागी हुनाले मनमा शान्ति मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ। 

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमै आम्दानीका विकल्प फेला पर्नेछन्। विपक्षी साथीले सहयोग गर्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। 

सिंह : अचानक आम्दानी हुनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। राज्यका निकायमा काम गर्ने भए तपाईंको बढुवा हुने दिन छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
 
कन्या : दिन सहज छ। कृषि कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधको व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार होला। परिवारको सल्लाह अनुसार अगाडि बढेमा नाफा हुनेछ। 

Laxmi sunrise bank
kumari

तुला : दिन राम्रो छ। मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। साथीभाइले साथ दिनेछन्। परोपकार गरेमा नाम र दाम दुवै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

वृश्चिक : बोली बिक्ने दिन छ। आफूभन्दा माथिल्लो तहमा गरेको प्रयास सफल बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। 

धनु : पुराना साथीसँग भेट हुनेछ। साथीसँगको भेटले नयाँनयाँ विषयको ज्ञान प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्ध सुधारका पक्ष देखिनेछन्। मन मिल्ने साथीसँग घुम्ने अवसर मिल्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
 
मकर : सञ्चित धन खर्च हुनसक्छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारले शंका गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। 

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। आफूले विश्वास गरेका भन्दा विश्वास नै नभएका साथीबाट काम काम बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

मीन : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
 

प्रकाशित: Nov 17, 2024| 05:30 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्