आइतबार, माघ ११, २०८२

जग्गा वर्गीकरण नटुंग्याउँदा राजस्व संकलनमा असर

 |  बुधबार, कात्तिक २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २८, २०८१

तनहुँ- यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व संकलनमा असर परेको छ। गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व संकलनमा कमी आएको हो।

National life

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।

यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन', उनले भने, 'कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वगीृकरण टुङ्ग्यिाउने योजना बनाएको छ।' नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए।

दश पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए। धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ', उनले भने, 'जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ।'

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ करोड ७८ लाख ९६ हजार सातसय १४ रूपैयाँ राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा ६ करोड २८ लाख ६८ हजार पाँचसय ४९ रूपैयाँ संकलन भएको छ।

Laxmi sunrise bank
kumari

गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एकसय ६५ रूपैयाँले राजस्व संकलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए। रासस

प्रकाशित: Nov 13, 2024| 17:31 बुधबार, कात्तिक २८, २०८१
प्रतिक्रिया दिनुहोस्