मंगलबार, पुस १, २०८२

रवि लामिछानेलाई पोखराबाट भैरहवा लगियो

 |  मंगलबार, कात्तिक २७, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २७, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई भैरहवा लगिएको छ।

National life

आज मध्याह्न १२ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा उनलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिएको हो।

उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। यसकारण उनलाई भैरहवा लगिएको हो।

लामिछानेलाई सुरुमा जिल्ला प्रहरी कार्यालय र त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लगिनेछ। त्यहाँ उनको बयान लिइनेछ।

भैरहवा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन्। विमानस्थल, जिल्ला प्रहरी कार्यालय, अदालत र सरकारी वकिलको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 12, 2024| 12:48 मंगलबार, कात्तिक २७, २०८१
प्रतिक्रिया दिनुहोस्