मंगलबार, भदौ २, २०८३

फेवाफाँटको जेठोबुढोमा गभारो : भित्र्याउने बेला धान न पराल

 |  बिहीबार, कात्तिक २२, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २२, २०८१

गण्डकी- जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन्। बालमा अन्न लागेको छैन। पराल पनि पशुले नखानेगरी बिग्रिएको छ। 

गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उपयोग नहुने स्थानीय किसान देविललाल लामिछानेले दुखेसो गरे।

गभारोले यसअघि बाली सखाप नपारेको अनुभव उनले सुनाए। रोगबारे आफूहरू अनभिज्ञ रहेको पीडित किसानले बताएका छन्। 

यसैबीच पोखरा महानगरपालिका कृषि महाशाखाको एक टोलीले  फेवाफाँट पुगेर बाली निरीक्षण गरेको छ। 'फेवाफाँटमा गभारोको प्रकोप रहेछ। समयमा नै जानकारी पाएको भए क्षति घटाउन सकिन्थ्यो अब ढिलो भइसकेछ', महाशाखा प्रमुख मनोहर कडरियाले भने। साथै उनले पीडित किसानलाई कृषि सम्बद्ध संस्थाहरूबाट सहयोग हुनुपर्नेमा जोड दिए। रासस

प्रकाशित: Nov 07, 2024| 21:01 बिहीबार, कात्तिक २२, २०८१
प्रतिक्रिया दिनुहोस्