मंगलबार, भदौ २, २०८३

पश्चिम नवलपरासीको धनगडवामा १८ करोडको अस्पताल बन्दै

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ स्थित धनगडवामा १८ करोड रूपैयाँ लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न १८ करोड रूपैयाँ बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो।

सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीका अनुसार यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवललगायत स्थानमा जानुपर्ने बाध्यता थियो। यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए।

आधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए। अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ।

सरावल-५ का स्थानीयले दुई बिघा ६ कठ्ठा दुई धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले बताए।

यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि सहज उपचार पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे। रासस

प्रकाशित: Nov 06, 2024| 16:31 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्