सोमबार, मंसिर २९, २०८२

स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

चितवन- भरतपुर महानगरपालिका-१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाख रूपैयाँको अक्षयकोष स्थापना भएको छ।

National life

केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो। योगी नरहरिननाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए।

अक्षयकोषका लागि ११ हजार एकसय रूपैयाँको आजीवन सदस्य र एक लाख एक हजार रूपैयाँको संरक्षक सदस्य बनाइएको छ। ४५ जना संरक्षक सदस्य र तीनसय २५ जना आजीवन सदस्य छन्।

विसं २०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो। कोषमा १० करोड रूपैयाँ जम्मा गर्ने लक्ष्य छ। यो तिहारमा १८ लाख रूपैयाँभन्दा बढी संकलन भएको उनले बताए।

गौ संरक्षण केन्द्रले दुईसय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ। ती गाई पाल्न कोष स्थापना गरिएको हो। केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए।

Laxmi sunrise bank
kumari

दाताले पराल, चोकरलगायत सहयोग गर्दै आएका छन्। योगी नरहरिनाथले स्थानीय जातका श्री गाई लोप नहुन् भन्ने भावनाका साथ गाईको वंश संरक्षण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेका हुन्। केन्द्रमा उत्पादित गोबर र गहुँत बिक्री पनि हुने गरेको छ। रासस

प्रकाशित: Nov 06, 2024| 18:31 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्