सोमबार, मंसिर २९, २०८२

भिटामिनयुक्त चामल बेच्दै खाद्य कम्पनी

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

जनकपुरधाम- सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ।

National life

धान र चामलको खरिद-बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गंगाप्रसाद साहले जानकारी दिए।

विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित सो कार्यालयको हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ। त्यस प्लान्टबाट सो भिटामिनयुक्त चामल उत्पादन भइरहेको बताइएको छ। त्यहाँ चामलको गुणस्तरसमेत जाँच गरिन्छ।

२०८१ बैशाख महिनामा प्लान्ट जडान भएको हो। प्लान्ट जडान भएपछि यस कार्यालयबाट उत्पादन सुरु भएको सो पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ।

पौष्टिक तत्व भएको चामल विश्व खाद्य संगठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पीठो बनाउने र प्रतिएकसय केजी बोरा चामलमा एक केजी पीठो मिसाएर (पौष्टिक तत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले भने।

Laxmi sunrise bank
kumari

विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य संस्थानको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ। भारतको रासन वितरणमा यो चामल अनिवार्य  त्यहाँको सरकारले गरेको छ।

सो कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको कार्यालय प्रमुख साहले बताए। अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ रूपैयाँमा पाँच रूपैयाँ छुट गरेर प्रतिकेजी ६० रूपैयाँ तथा बासमती चामल प्रतिकेजी एकसय २३ मा पाँच रूपैयाँ छुट गरेर प्रतिकेजी एकसय १८ रूपैयाँका दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहको बताइएको छ।

सहुलियत मूल्यमा बिक्रीका लागि दुईसय क्विन्टल चामल सो कार्यालयले कोटा निर्धारण गरेको छ। एकजनालाई ५० केजीसम्म सो सहुलियतको चामल बिक्री वितरण गरिने प्रावधान छ। रासस

प्रकाशित: Nov 06, 2024| 19:31 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्