सोमबार, मंसिर २९, २०८२

तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धान नष्ट

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

तनहुँ- सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ। जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। सबै स्थानमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ। 

National life

यो वर्ष जिल्लामा आठ हजार हेक्टरमा धान रोपिएको थियो। यहाँ राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको केन्द्रले जनाएको छ। गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिक टन वर्षे र सात हजार नौ सय ३८ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो।

जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन्। तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ। ५१ हजार ५ सय १० हेक्टर क्षेत्रफलमा मात्र विभिन्न खेती भइरहेको छ। १३ हजार ५ सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ। 

यसैबीच, सोमबार र मङ्गलबारको वर्षाले म्याग्दीका विभिन्न क्षेत्रमा वर्षाका कारण थन्क्याउने तयारी भएको धानमा क्षति पुगेको छ। वर्षाले खेतमा काटेर सुकाएको धानको निहिन र पराल डुबाएको किसानले बताएका छन्।

जिल्लाका रघुगङ्गा, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए। तिहार अघिदेखि काटेर सुकाएको धानको निहिन पानीले भिजाएपछि धान खेतमा नै मक्किएको र दाना कालो देखिएको रघुगङ्गा-३ का किसान वेलबहादुर दर्जीले बताए। 

Laxmi sunrise bank
kumari

यही कात्तिक ६ गते साँझ पनि म्याग्दीका विभिन्न क्षेत्रमा असिनापानीले धानखेतमा ठूलो क्षति भएको थियो। असिनापानीले बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीन सय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको थियो।

बेनी नगरपालिका वडा नं २ का वडासदस्य चन्द्रकान्त रिजालका अनुसार असिनापानीले खेतमा पाक्नै लागेको धानबालीमा २५ देखि ८० प्रतिशतसम्म क्षति पुर्‍याएको छ भने कोदोबालीमा पनि ५० प्रतिशत क्षति भएको छ। रासस

प्रकाशित: Nov 06, 2024| 20:01 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्