सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पले भने- अमेरिकी जनताको सानदार जित

राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पले भने- अमेरिकी जनताको सानदार जित

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन्।

National life

फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने दाबी गरे।

‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन्। आफू राष्ट्रपति पदमा विजयी भएसँगै अमेरिकाको लोकप्रिय मत पनि जितेको उनले बताए। आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भए पनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ। ‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं। यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन्।

सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन्।

सम्बोधनका क्रममा ट्रम्पलाई समर्थकहरूले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए। त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ को रूपमा वर्णन गरेका छन्।

Laxmi sunrise bank
kumari

ट्रम्पले मस्कलाई ‘अद्भूत व्यक्ति’ को रूपमा वर्णन गरे। मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिसहरू बचाउन मद्दत गरेको ट्रम्पले बताए।

‘मस्क एक विशेष मानिस हुन, उनी निकै प्रतिभाशाली छन्। हामीले हाम्रा प्रतिभाहरूलाई जोगाउनुपर्छ, हामीसँग यस्ता प्रतिभाशाली व्यक्ति धेरै छैनन्।’

ट्रम्प यसअघि पनि एकपटक अमेरिकाको राष्ट्रपति भइसकेका छन्।

प्रकाशित: Nov 06, 2024| 14:21 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्