शुक्रबार, असार ५, २०८३

सूचना आयोगको प्रमुख आयुक्तमा आचार्य सिफारिस

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिस भएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले प्रमुख आयुक्त र दुईजना आयुक्त सिफारिस गरेको हो।

प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य सिफारिस भएका छन्। दुई सदस्यमा गगन विष्ट र दुर्गा भण्डारी पौडेल सिफारिस भएका छन्। विष्ट प्रेस चौतारीका पूर्वअध्यक्ष हुन् भने पौडेल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य तथा अधिवक्ता हुन्।

आचार्य यसअघि नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक थिए। विष्ट भने नेकपा (एमाले) को प्रचार विभागका उपप्रमुख थिए। पौडेल प्रेस चौतारीकी पूर्व सदस्य तथा प्रेस काउन्सिलकी पूर्वसदस्य हुन्।

प्रकाशित: Nov 05, 2024| 16:27 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्