मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री ओलीलाई ज्वरो, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

प्रधानमन्त्री ओलीलाई ज्वरो, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

National life

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्। 'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ।

आजमात्रै प्रधानमन्त्री ओलीले समय मिलाएर चलचित्र 'पूर्णबहादुरको सारङ्गी' चलचित्र हेर्ने बताएका थिए। फेसबुकमार्फत उनले फिल्मका निर्माता र कलाकारहरूलाई बधाई दिँदै चलचित्र हेर्ने बताएका हुन्।

'पूर्णबहादुरको सारङ्गी चलचित्र हेर्न निम्तो आएको छ। तर समय अभावले हेर्न पाएको छैन। फिल्मको समीक्षा हेर्दै गर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यावसायिकताको अन्तर द्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु,' उनले लेखेका छन्, 'अनुकूलता मिले फिल्म हेर्नेछु। फिल्मका निर्माता र कलाकारहरूलाई बधाई !'

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 05, 2024| 16:14 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्