मंगलबार, पुस १, २०८२

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

National life

अदालतबाट दोस्रो पटक पाएको म्याद गत साता बुधबार नै सकिएको थियो। तिहारको बिदा सुरु भएका कारण उनलाई पाँच दिनपछि आज अदालतमा पेस गरिएको हो।

लामिछानेलाई अदालत लगिँदै गर्दा उनका समर्थकहरूले निषेधित क्षेत्र उल्लंघन गर्न खोजेपछि झडप भएको र प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

सहकारी अपचलनकै विषयमा लामिछाने, गोर्खा मिडिया नेटवर्ककै अर्का सञ्चालक छविलाल जोशीसहित चार जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा मंगलबार सुनुवाइका लागि उपस्थित गराइएको थियो।

अर्को सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले समेत लामिछानेलाई अनुसन्धानका लागि पक्राउ गर्ने अनुमति दिएको छ। ठगी तथा संगठित अपराधको अनुसन्धानका लागि प्रहरीले कात्तिक २ गते लामिछानेलाई काठमाडौंबाट गिरफ्तार गरी कास्की पुर्‍याएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 05, 2024| 16:11 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्