सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तास खेलिरहेको ठाउँबाट झन्डै १० लाख रुपैयाँ बरामद

 |  मंगलबार, कात्तिक २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

triton college
Metro Mart
vianet

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका नडाहाबाट तास खेलिरहेको अवस्थामा ९ लाख ६८ हजार रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन्।

नडाहा निवासी जीवन कार्कीको घरमा तास खेलाइरहेको सूचना पाएर गएको जिल्ला प्रहरी कार्यलय र इलाका प्रहरी कार्यलयको प्रहरी निरीक्षकद्वय पर्शुराम राई र लेखनाथ दाहालसहित १४ जनाको टोलीले कात्तिक १८ गते भाइटीकाको दिन बिहान ४:४५ उनीहरुलाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राम तिमिल्सिनाले बताए।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिकाका ९ जना, भोजपुरका ३ जना, ललितपुर, इटहरी र रामधुनीका १-१ जना रहेका छन्। उनीहरुलाई  खेलिरहेको ताससहित खालबाट ८ लाख ६६ हजार ५ सय रुपैयाँ र साथबाट १ लाख १ हजार ५ सय रुपैयाँ बरामद भएको छ। यसैगरी १२ थान मोबाइल सेट, तासको बुक, नखोलिएको सिल प्याक्ड तासको गड्डी २० थान जफत गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए। उनीहरुलाई बरामद नगद, मोबाइल र ताससहित इप्रका महेन्द्रनगर सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2024| 11:57 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्