मंगलबार, पुस १, २०८२

कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या

 |  सोमबार, कात्तिक १९, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १९, २०८१

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ। 

National life

उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि हाल पाँचजना मात्र कार्यरत छन्। कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन्। थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व सङ्कलनमा कठिनाइ भएको उनले बताए।

राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताए।

“मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ”, उनले भने, “यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन।”

प्रकाशित: Nov 04, 2024| 09:00 सोमबार, कात्तिक १९, २०८१
प्रतिक्रिया दिनुहोस्