मंगलबार, जेठ १९, २०८३

पर्खाल भत्किएर मजदुरको मृत्यु

 |  आइतबार, कात्तिक १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १८, २०८१
National life
Shivam cement

सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ। उक्त घटनामा एक जना घाइते भएका छन्।

बरहथवा नगरपालिका–७ मा राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा आज बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिए। 

घाइते माझीको बरहथवा बजारस्थित भेनस अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा परेर बरवरिया गाउँपालिका–३, क्याम्प चोकका १९ वर्षीय विकास महतो घाइते भएका छन्। उनको बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Nov 03, 2024| 20:35 आइतबार, कात्तिक १८, २०८१
प्रतिक्रिया दिनुहोस्