मंगलबार, जेठ १९, २०८३

फोटो पत्रकार केसी रहेनन्

 |  शनिबार, कात्तिक १७, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १७, २०८१
National life
Shivam cement

काठमाडौं- फोटो पत्रकार रजेन्द्र केसीको निधन भएको छ। Metastatic Malignant Pancreatic Cancer पीडित रहेका उनको उपचारकको क्रममा शनिबार अमेरिकामा निधन भएको हो।

फोटो पत्रकार क्लबका पूर्व कोषाध्यक्ष समेत रहेका केसी राजधानी दैनिक, अन्नपूर्ण पोस्टलगायतका विभिन्न सञ्चारमाध्यममा करिब २ दशक फोटो पत्रकारितामा सक्रिय थिए। पछिल्लो समय उनी परिवारसहित अमेरिका बस्दै आएका थिए। 

फोटो पत्रकार क्लबले केसीको निधनले नेपाली फोटोपत्रकारिता क्षेत्रले एक जुझारू र उर्जाशील युवा फोटोपत्रकार गुमाएको बताएको छ। क्लबका महासचिव अमुल थापाले विज्ञप्ति जारी गरेर स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। केसीका श्रीमती र एक छोरी छन्।

प्रकाशित: Nov 02, 2024| 18:45 शनिबार, कात्तिक १७, २०८१
प्रतिक्रिया दिनुहोस्