बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुनसरीको बर्जुमा करिब ३ सय किलो गाँजा बरामद

 |  शनिबार, कात्तिक १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १७, २०८१

ntc landingntc landing

सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा करिव ३ क्विन्टल लागु पदार्थ गाँजा सहित एकलाई पक्राउ गरिएको छ ।

himalayan bank box

कार्तिक ११ गते जिल्लाको बर्जु गाउँपालिका वडा नम्बर ४ बस्ने शंकर मण्डललाई २ सय ९७ किलोग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय दुहबी र प्रहरी चौकी अमडुवाको टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) राम तिमिल्सनाले बताएका छन् ।

गाँजाको बोराहरु अनलोड गरिरहेको गोप्य सुचनाको आधारमा गएको प्रहरीलाई देख्नासाथ भाग्दै गरेको शंकर लाई ४ बोरा सहित नियन्त्रणमा लिईएको थियो भने सो स्थानमा ईप्रका साहेबगंज र सशस्त्र प्रहरी बि.ओ.पी हरिवनको संयुक्त टोलीले गरेको खोजतलाशमा उखुबारीमा लुकाई राखिएको ५ बोरामा गरि उक्त परिमाणको गांजा बरामद गरिएको प्रवक्ता तिमिल्सीनाले जानकारी दिए । 

नियन्त्रणमा लिईएका मण्डललाई ईप्रका दुहबीमा राखि अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित: Nov 02, 2024| 13:12 शनिबार, कात्तिक १७, २०८१
प्रतिक्रिया दिनुहोस्