मंगलबार, जेठ १९, २०८३

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस तिहारपछि

 |  बिहीबार, कात्तिक १५, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १५, २०८१

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ। 

National life

गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो।

कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उनलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा बुधबार बयान लिइसकिएको हो। 

लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेका छन्। 

सांसदसमेत रहेका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ। बिहीबारबाट तिहार बिदा सुरु भएकाले उनलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएको छ।

Shivam cement

प्रकाशित: Oct 31, 2024| 11:07 बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्