मंगलबार, जेठ १९, २०८३

भैँसीपालक किसानलाई ४० हजार रूपैयाँ अनुदान

 |  बुधबार, कात्तिक १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

पाल्पा- भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ।

National life

पाल्पाको तानसेन नगरपालिका-११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो। यहाँका २५ किसानलाई प्रतिव्यक्ति ४० हजार रूपैयाँका दरले रकम उपलब्ध गराइएको छ।

किसानलाई दुहुनो भैँसीपालनका लागि ४० हजार रूपैयाँका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताए। आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उनले जानकारी दिए।

वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो। किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताए।

Shivam cement

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ। यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदानलगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ। रासस

प्रकाशित: Oct 30, 2024| 19:31 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्